• सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...

  • वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...

  • बर्जु गाउँपालिका सुनसरीले राजश्व संकलन सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको तस्विर...

  • सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...

  • काठमाडौंको बानेश्वर श्रेत्रमा २०७१ सालमा कैद गरिएको तस्विर...

  • श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर

  • शांग्रिला ग्रुपमा कार्यरत सहकर्मी साथिहरु संग लिइएको तस्विर

  • श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर

  • श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर

  • ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर

  • भक्तपुर जिल्ला स्थित दरवार स्वायर मा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर

  • सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...

  • श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर

  • पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...

  • धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

तपाईंको कम्प्युटरमा विन्डोज ११ चल्छ कि चल्दैन ? यसरी थाहा पाउनुहोस्

माइक्रोसफ्टले गत बिहीबार आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो । कम्पनीका अनुसार यो नयाँ अपरेटिङ सिस्टम विद्यमान विन्डोज १० कम्प्युटरमा नि:शुल्क रुपमा अपग्रेड गर्न सकिनेछ ।

यो अंग्रेजी वर्षको अन्त्यसम्ममा विन्डोज ११ आम प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । विन्डोज ११ अपरेटिङ सिस्टम चल्नका लागि कम्प्युटरमा निश्चित न्यूनतम हार्डवेयर हुनैपर्नेछ । अर्थात् विन्डोज ११ चल्नका लागि तपाईंको ल्यापटप तथा डेस्कटपमा ४ जिबीको र्याम, ६४ जिबीको स्टोरेज तथा ६४ बिटको प्रोसेसर चाहिन्छ ।

तपाईंको कम्प्युटरको प्रोसेसरको क्षमता कति हो तथा र्‍याम कति छ ? भन्ने तपाईंलाई थाहा छैन र विन्डोज ११ सपोर्ट गर्छ कि गर्दैन भन्ने पनि एकिन छैन भने तपाईंले यसरी थाहा पाउनु सक्नुहुन्छ :

आफ्नो कम्प्युटरको वेब ब्राउजरमा गएर https://www.microsoft.com/en-us/windows/windows-11 लगअन गर्नुहोस् । उक्त पेजमा स्क्रोल डाउन गरेर Check for Compatibility खण्डमा जानुहोस् ।

त्यहाँ गएर Download App बटनमा क्लिन गर्नुहोस् । त्यसपछि Windows PC Health Check सफ्टवेयर डाउनलोड हुन्छ ।

डाउनलोड भएको उक्त सफ्टवेयर इन्स्टल गर्नका लागि सेटअप मा क्लिक गरी स्क्रिनमा देखाइने निर्देशन बमोजिम हेल्थ चेक सेटअप सफ्टवेयर इन्स्टल पूरा गर्नुहोस् ।

इन्स्टलेसन पूरा भएसँगै Open Windows PC Health Check को Finish मा क्लिक गर्नुहोस् ।

उक्त सफ्टवेयरको पेजमा रहेको विन्डोज ११ ब्यानरको मुनि Check Now बटनमा क्लिक गर्नुहोस् । उक्त टूलले तपाईंको कम्प्युटरको सिस्टम हार्डवेयरलाई स्क्यान गरी तपाईंको ल्यापटप वा डेस्कटपले विन्डोज ११ सपोर्ट गर्दछ कि गर्दैन भन्ने बताउनेछ ।

साभार : Online Khabar

Share:

कसरी रह्यो कम्प्युटर माउसको नाम ? यस्तो छ रोचक इतिहास



बाह्य संसारमा कुनैपनि चिजलाई उठाउन वा कतै लैजानका लागि हातको प्रयोग गरिन्छ । तर कम्प्युटरको संसारमा भने यही कामका लागि माउसको प्रयोग हुन्छ ।
स्क्रिनमा कुनै पनि फाइललाई एक ठाउँबाट अर्को ठाउँमा लैजानका लागि वा कुनै पनि आइकनमा क्लिक गर्नका लागि हामीले माउसको सहयोग लिन्छौँ । यतिधेरै उपयोगी तथा कामकाजी तथा कम्प्युटरको महत्वपूर्ण डिभाइसको रुपमा रहेको यो चिजको नाम माउस अर्थात् मुसा किन राखियो होला भन्ने बारेमा के तपाइँले कहिल्यै सोँच्नुभएको छ ?
कहिले भयो माउसको आविष्कार ?
माउसको आविष्कार सन् १९६० को दशकमा डग्लस कार्ल एन्जेलबर्टले गरेका हुन् । माउसको आविष्कार हुने बेलामा यसको नाम प्वाइन्टर डिभाइस राखिएको थियो । अनौठो त के भने एन्जेलबर्टले संसारको पहिलो माउस काठबाट बनाएका थिए । साथै उक्त माउसमा धातुका दुईवटा पांग्राको प्रयोग गरिएको थियो ।
यसरी रह्यो माउसको नाम
माउसको आविष्कार भएसँगै यसको यसको नामाकरणको कुरा चल्यो । वास्तवमा माउसको डिजाइन तथा आकार प्रकार झ्वाट्ट हेर्दा बसिरहेको मुसाजस्तै देखिन्छ । साथै माउसको पछाडिबाट निस्कने तार वास्तवमा मुसाको पुच्छरजस्तै प्रतित हुन्छ । यद्यपि अहिले वायरलेस माउस आइसकेका छन् । जसरी मुसाले फुर्तिसाथ सबै काम गर्दछ उसैगरी माउसले पनि कम्प्युटरमा सारा काम गर्न सहयोग गर्दछ । त्यो सबै कुराको विश्लेषण पश्चात् उक्त प्वाइन्टिंग डिभाइसको नाम माउस राखियो ।
अर्को रोचक तथ्य
माउसको नाम माउस र प्वाइन्टिंग डिभाइसका अलावा अर्को पनि राखिएको छ, त्यो हो टर्टल । किनकी माउसको आकार एक प्रकारले कछुवाकै जस्तो पनि देखिन्छ र यसको बाहिर हिस्सा कछुवाको खपटो जत्तिकै बलियो पनि हुन्छ । तर कछुवाको गति निकै कम हुने भएकाले मुसा जस्तै छिटो हुने यो डिभाइसलाई टर्टल नभएर माउसकै नामबाट चिनियो ।

साभार : Online Khabar
Share:

चिनियाँ वैज्ञानिकले बनाए सबैभन्दा शक्तिशाली क्वान्टम कम्प्युटर, गुगल भन्दा १० लाख गुणा तेज



चिनियाँ वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा तेज तथा आम प्रयोगका विभिन्न प्रोग्राम हाल्न मिल्ने क्वान्टम कम्प्युटरको विकास गरेका छन् ।

विद्यमान साधारण कम्प्युटरहरुद्वारा गर्न असम्भव हुने समस्याहरु यस क्वान्टम कम्प्युटरले समाधान गर्नसक्ने बताइएको छ । उक्त क्वान्टम कम्प्युटरको नाम जुचोंघी २.१ (Zuchongzhi 2.1) राखिएको छ । पाँचौ शताब्दीका चर्चित गणितज्ञको नामबाट यो कम्प्युटरको नामाकरण गरिएको हो ।

युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चाइनाका पान जियानवेइको नेतृत्वको टिमले उक्त क्वान्टम कम्प्युटरको निर्माण गरेको हो । जियानबेइका अनुसार यो कम्प्युटर यसको सर्वाधिक निकट प्रतिस्पर्धीको रुपमा रहेको गुगलको साइकामोर क्वान्टम कम्प्युटर भन्दा १० लाख गुणा शक्तिशाली छ । साइकामोर हालसम्मको सबैभन्दा शक्तिशाली क्वान्टम कम्प्युटरको रुपमा रहेको थियो ।

क्वान्टम कम्प्युटरहरु सुपर एडभान्स्ड मेसिनहरु हुन् जुन विद्यमान परम्परागत कम्प्युटरमा हुने १ र ० को बाइनरी कोडभन्दा पर पुग्दछन् । क्वान्टम कम्प्युटरले ब्रम्हाण्डको सबैभन्दा सानो कणको विशेष गुणको उपयोग गर्दछन् जुन परम्परागत कम्प्युटरको १ तथा ० वा त्यसको बीचमा पनि हुन सक्दछ ।

क्वान्टम कणहरु निकै लचिलो हुन्छन् जसलाई क्यू बिट्स अर्थात् क्वान्टम बिट्स भनिन्छ । ती क्यू बिट्सहरु सुपर कम्प्युटरले पनि सँगै सञ्चालन गर्न सक्दछ ।

सुपर कम्प्युटिङ्गको क्षमतालाई अधिकतम तहमा विकास गर्नका लागि चिनियाँ वैज्ञानिकहरुले दुई भिन्न प्रणालीको निर्माण गरेका छन् । जसमा एउटा भनेको प्रकाशमा आधारित फोटोनिक क्वान्टम कम्प्युटर हो । दोश्रो चाहिँ सुपर कन्डक्टिङ्ग क्वान्टम कम्प्युटर हो जुन निकै कम तापक्रममा मात्र राम्रोसँग सञ्चालन हुन्छ ।

साभार : Online Khabar

Share:

मतदाता नामावली सङ्लकन मङ्सिर १७ गतेदेखि

निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि मतदाता नामावली संलकनसम्बन्धि विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम नियमित रुपमा ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन कार्यलाई निरन्तरता दिँदै मङ्सिर १७ गतेबाट ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन हुने आयोगले जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मतदाता नामावली सङ्कलन कार्य हिमाल र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने जनाएको छ । त्यस्तै तराई, भित्रि मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने छ ।

आयोगका अनुसार सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरि आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुने छ भने आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको ना मतदाता नामावलीमा समावेश गर्ने छ ।

साभार : Gorkhapatra
Share:

माइक्रोसफ्ट बन्यो विश्वकै मूल्यवान कम्पनी, एप्पल पर्‍यो पछि


विश्वको सबैभन्दा मूल्यवान कम्पनीको दौडमा माइक्रोसफ्ट पहिलो नम्बरमा उक्लिन सफल भएको छ । शुक्रबारको बजार मूल्य अनुसार माइक्रोसफ्टले एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो । शुक्रबार बजार बन्द हुने बेलामा माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २.४६ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४३ ट्रिलियन डलरमा झरेको छ । आपूर्ति श्रृङखलाको अवरोधका कारण एप्पलले ६ अर्ब डलर घाटा व्यहोरेको रिपोर्ट बिहीबार सार्वजनिक भएसँगै शेयर मूल्यमा आएको गिरावटका कारण एप्पल दोस्रो  स्थानमा झरेको हो । साथै अफिस, विन्डोज तथा क्लाउड प्रडक्ट कारण माइक्रोसफ्टको आम्दानी उल्लेख्य रुपमा बढ्नुले पनि कम्पनीलाई विश्वको मूल्यवान कम्पनी बनाउन सहयोग गरेको बताइएको छ ।

शुक्रबार माइक्रोसफ्ट कम्पनीको शेयर मूल्यमा १ प्रतिशतले वृद्धि भएर ३२७.५० डलर पुगेको थियो भने एप्प्ल कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेर १४६.४१ डलर पुगेको थियो ।

विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा माइक्रोसफ्टले एप्पललाई पछि पारेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०१८ र सन् २०२० को जुलाइमा पनि माइक्रोसफ्ट पहिलो स्थानमा उक्लिएको थियो । त्यस्तै गुगलको मातृ कम्पनी अल्फाबेटले पनि सन् २०१६ मा एप्पललाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि पाउन सफल भएको थियो ।

कतिपय समयमा दोस्रो स्थानमा झर्नु परेपनि एप्पल विश्व बजारमा अग्रणी स्थानमा रहँदै आएको छ, लामो समयदेखि । सन् २०१८ मा एप्पल १० खर्ब बजार मूल्य भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो । त्यसको दुई वर्षपछि नै एप्पलले २० खर्ब बजार मूल्यको कोशेढुंगा पार गर्दै अर्को कीर्तिमान कायम गरेको थियो ।

साभार : Online Khabar

Share:

डिजिटल सुरक्षा: नेपालमा अनलाइन ठगी बढ्दो क्रममा, यी कुरामा ध्यान दिँदा जोगिन सकिन्छ


नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको बताइएको छ।

प्रविधिको पहुँच बढ्दै गएको भए पनि ब्याङ्किङ कारोबार अनि गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या व्यापक बढेको अधिकारीहरू बताउँछन्।
चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै भएको उनीहरूको भनाइ छ।
यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ।
  • पक्राउ परेका चिनियाँहरूलाई चीन पठाउन जटिल
  • ह्याक गर्ने धम्कीपछि ब्याङ्किङ प्रणालीमा ‘उच्च सुरक्षा सतर्कता’
प्रहरीका अनुसार यस्ता ठगीका घटनाबारे उजुरी गर्नेहरूको सङ्ख्या बढ्दो छ।
तर पहिचान गर्न गाह्रो पर्ने माध्यम अनि स्थानमा आधारित रहेर यस्ता कार्यहरू गरिने हुँदा सर्वसाधारण नै सजग नहुँदासम्म यस्ता घटना कम नहुने उनीहरूको भनाइ छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार प्रत्येक महिना ७० देखि ८० वटा यस्ता ठगीका उजुरीहरू आउने गरेका छन्।
''प्रविधिमा पहुँच वृद्धि भएसँगै ठगीका सङ्ख्यामा पनि वृद्धि भएको छ,'' महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले भने।
प्रलोभन देखाएर ठगी
अनलाइनमार्फत ठगी खासगरी प्रलोभन देखाएर गर्ने गरिन्छ।
कुनै व्यक्तिले ब्याङ्क वा कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन गर्ने र विवरणहरू माग्ने पनि गर्छन्।
खातावाला व्यक्तिले त्यसमा शङ्का नगरी उपहार पाउने प्रलोभनमा आफ्नो गोप्य विवरणहरू दिने गरेको प्रहरीले बताएको छ।
यसमा खासगरी एटिएम कार्डसम्बन्धी विवरण, खाता नम्बर अनि अनलाइनमार्फत कारोबार गर्दा ब्याङ्कले उपलब्ध गराउने 'वान टाइम पासवर्ड' ओटीपी नम्बर ठगहरूले माग्छन्।
यीमध्ये कुनै एक विवरण र मोबाइल नम्बरमा प्राप्त हुने ओटीपीको प्रयोग गरेर व्यक्ति वा संस्थाले प्रयोग गर्ने खातामा ठग प्रवेश गर्न सक्छन् र आफू अनुकूल रकम हिनामिना गर्न सक्ने जानकारहरू बताउँछन्।
  • फेसबुक जस्ता सञ्जालका प्राविधिक त्रुटि पत्ता लगाउँदै, पैसा कमाउँदै...
  • विश्वभरका कम्पनी साइबर हमलाको मारमा
विद्युतीय माध्यमबाट पैसा चोर्ने बाहेक खाता नै दुरुपयोग भएका घटनाहरू समेत देखिएको कोइराला बताउँछन्।
''आफ्नो खाता दुरुपयोग भएको विषयबारे कतिपय मानिसहरू नै अनभिज्ञ हुन्छन्,'' उनले भने।
''कहिँ कसैलाई विदेश जान भनेर दिएको पैसा फिर्ता गरिदिएँ है तिम्रो खातामा भनिएको हुन्छ। तर त्यस्तो ठगिएको पैसा अर्कै खातामा जम्मा गरिन्छ।''
कतिपयले सामाजिक सञ्जालबाट भएको चिनाजानकै आधारमा आफ्नो नाममा ब्याङ्कमा खाता खोली एटीएम निकालेर भारतमा पठाइदिएको घटनासम्म देखिएको प्रहरीको भनाइ छ। ''कुराकानी हुँदै गयो। विश्वासको वातावरण बन्यो। ठग्ने मान्छेले कुनै कथा सुनायो ... मलाई यस्तो गर्नका लागि एउटा पैसा नभएको खाता र एटीएम चाहिएको छ भन्यो। विश्वास जितेपछि त खाता खोलेर एटिएम कुरीअर गरिदिने। अब नेपालको एटिएम त भारतमा पनि चल्छ। यसरी पनि दुरुपयोग भएको छ,'' कोइरालाले भने।
कतिपयले विश्वासकै आधारमा ठगी गरेर आर्जन गरेको रकम अरूकै खाताबाट चेक काट्न लगाएर भुक्तानी समेत लिएको पाइएको छ।
''मेरो व्यापारको पैसा नेपालमा फसेको थियो, उठ्दै छ। तपाईँको खातामा पैसा आउँछ अनि त्यो मेरो मानिसलाई दिनुहोला भनेर भनेको आधारमा चेक काट्दै दिएको पनि पाइएको छ,'' कोइरालाले भने।
पछि खातामा पैसा जम्मा गर्ने व्यक्तिले कसैगरी खातावाला व्यक्तिको पहिचान गरेर पैसा फिर्ता मागेपछि मात्रै यो घटनाबारे प्रहरीमा उजुरी परेको थियो।
यसरी गरिएको दुरुपयोगमा ५० देखि ६० लाखसम्म ठगी भएको पाइएको प्रहरी भनाइ छ।
  • ‘साइबर आक्रमणको नयाँ गन्तव्य बन्दै नेपाल’
  • सबैभन्दा चतुर कम्प्युटर ह्याकर समूह इन्टरनेटबाट किन हरायो?
त्यस्तै हालसालै अर्को एउटा घटना प्रहरीकहाँ उजुरी आयो।
पीडितको म्यासेन्सजरमा क्यानडाको एक कम्पनीमा महिनाको १५०,००० तलब भन्ने सन्देश आयो।
सन्देश प्राप्त गर्ने व्यक्तिलाई आफ्नै नाममा खाता खोल्न र खातामा पैसा जम्मा गर्न भनियो।
आफ्नै खातामा पैसा जम्मा गर्न सोच्नुपर्ने कुरै रहेन।
प्रक्रिया चल्दै जाँदा ती व्यक्तिले राम्रो कमाइको प्रलोभनमा पैसा जम्मा गरेको भौचर, नागरिकताको प्रतिलिपि, राहदानी र तस्बिर स्क्यान गरेर पठाइदिए।
ती सबै विवरणका आधारमा ठगले पैसा जम्मा गर्ने व्यक्तिको नाममा रहेको सिमकार्ड दूरसञ्चार कम्पनीबाट निकाले। उक्त घटनामा प्रहरीले केहीलाई पक्राउ त गर्‍यो तर यस्ता घटनाका पछाडि रहेका मुख्य पात्र भने फेला पर्न सकेनन्।
हालसम्मको प्रहरी अनुसन्धान अनुसार यस्ता ठगी गर्नेहरू प्रायजसो सीमापारी आधारित रहेको पाइएको कोइरालाको भनाइ छ।
यस्ता घटनाहरू बारे अनुसन्धान गर्दा एकाध घटना बाहेक प्रायजसो 'अपरेट' गर्ने मान्छे भारतमा बसेर गरेको पाइएको प्रहरी भनाइ छ।
प्रहरीका अनुसार यसरी ठगी गर्नेहरूले ह्वाटस्एपजस्ता पत्ता लगाउन गाह्रो हुने माध्यमबाट संवाद गर्ने गर्छन्। काम सकिएपछि ठगी गर्नेहरूले सामाजिक सञ्जाल खाताहरू पनि निष्क्रिय पार्ने गर्छन्।
प्रविधिको दुरुपयोग गरेर गरिने यस्ता ठगीका घटनाहरूमा एकै व्यक्तिबाट तुलनात्मक रूपमा ''ठूलो रकम भने असुली हुँदैन''।
  • महामारीका बेला सफ्टवेअरमा त्रुटि खोज्ने ह्याकरहरूले कमाए चार करोड डलर
  • ६० करोड अमेरिकी डलर चोरी गर्ने क्रिप्टो ह्याकरलाई पुरस्कारको प्रस्ताव
अपराध अनुसन्धान महाशाखाका अनुसार ५० हजार देखि १५०,००० सम्मको ठगी यस्तो माध्यबाट हुन्छ।
तर फरकफरक व्यक्तिहरूलाई निसाना बनाइने हुँदा यस्तो रकम मासिक रूपमा डेढ करोडसम्म उठाइएको हुनसक्ने प्रहरीको अनुमान छ।
अनलाइनमार्फत हुने कारोबारको आकार तुलनात्मक रूपमा सानो हुने हुँदा पनि ठगी हुने रकम पनि सानै हुने वित्तीय संस्थाहरूको भनाइ छ।
तर खाताभित्र पस्ने आधार प्राप्त गरेपछि दुरुपयोग पटकपटक हुनसक्ने खतरा रहन्छ। नेपाल ब्याङ्कर्स एशोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय डिजिटल प्रणालीमा रूपान्तरण हुँदै गर्दा प्रणालीको दुरुपयोग गरी ठगी गर्ने क्रम बढेको बताउँछन्।
यसमा खासगरी वित्तीय साक्षरताको अभाव प्रमुख कारक रहेको उनको भनाइ छ।
''प्रविधिमा बाठा मानिसहरूले कमजोर ठाउँमा आफ्नो सञ्जाल फैलाइरहेको अवस्था छ,'' उनले भने।
यस्ता घटनाहरू हुन नदिन वा कम गराउनका लागि आफूहरूले अभियान नै सञ्चालन गर्न लागेको उनी बताउँछन्।
सचेतना फैलाइने सन्देशहरू सञ्चारमाध्यमहरूबाट सम्प्रेषण गर्ने आफूहरूले तयारी थालिसकेको र स्थानीय तहसँगको सहकार्यमा अभियान चलाउनुपर्ने उनी बताउँछन्।
हाल कतिपय वित्तीय संस्थाहरूले आफ्नो सामाजिक सञ्जालबाट सर्वसाधारणहरूलाई आफ्ना गोप्य विवरणहरू अरूलाई नदिन सचेत गराउँदै आएका छन्।
  • सरकारले ल्याएको नयाँ एपबाट 'सूचना चुहिन सक्ने' विज्ञको चिन्ता
  • पासवर्ड अनुमान गरेरै 'डोनल्ड ट्रम्पको ट्विटर ह्याक'
उपाध्यायका अनुसार ठगीका यस्ता घटनाहरूबाट जोगिनका लागि गर्नै नहुने कार्य भनेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई नभन्ने हो।
प्रविधिमा अभ्यस्त व्यक्तिले ओटीपी प्राप्त गरे आफू अनुकूल प्रयोग गर्न सक्छन्।
''जान्ने व्यक्तिले त आफ्नो मोबाइलबाट समेत ओटीपी प्रयोग गरिदिन सक्छ,'' उनले भने।
सचेतनाको अभावमा यस्ता कार्यहरू हुने भए पनि प्रणालीको कमजोरी भन्दा पनि प्रणालीको दुरुपयोग खातावाला व्यक्तिलाई नै प्रयोग गरी अन्तिम रूप दिइने हुँदा वित्तीय संस्थाहरूले त्यसको दायित्व लिँदैनन्।
'पैसासँग जोडिएको कारोबार अरूसँग संवाद गर्नुहुँदैन,'' उपाध्यायले भने।
ओटीपीबाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनी बताँउछन्।

साभार : BBC
Share:

जनगणना ८० प्रतिशत सकियो, लिम्पियाधुराको अन्यौल कायमै



१२ औं राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्ने छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ । ‘यकिन तथ्यांक त छैन, तर अधिकतम ८० प्रतिशतसम्म गणना सकिएको छ,’ उनले भने ।
१५ दिनको अवधिमध्ये पहिलो १० दिन बढी चापमा काम गर्नुपरेको निर्देशक लामिछानेले बताए । ‘अब वर्कलोड निकै कम भएको छ,’ उनले भने, ‘यसको फाइदा छुटपुट घरबाट पुनः विवरण लिन पर्याप्त समय मिल्छ ।’
लिम्पियाधुराको अन्यौल कामयै
जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक–लिम्पियाधुरा–कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्यौलमा छ ।
निर्देशक लामिछानेले यो क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको बताए । विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ ।
उता, दार्चुलाको व्यास गाउँपालिका वडा नं १ को छाङ्गरु र तिङ्कर गाउँमा भने नेपाली सेनाको सहयोगमा गणक पुर्‍याउन लागिएको लामिछानेले जानकारी दिए । यी दुई गाउँमा जान नेपालतर्फबाट बाटो पुगेको छैन । बाटो बिग्रिएको भन्दै भारतले अनुमति नदिएपछि यहाँ जनगणना नै नहुने हो कि भन्ने आंशका थियो । तर, अब भने सहजै जनगणना हुने उनले जानकारी दिए । दुईवटा गाउँमा एक सय भन्दा बढी घर परिवार रहेको अनुमान छ ।
यसअघि हिमाली भेगमा हिमपातले असर गर्ने आशंका गरिएको थियो । तर, हिमालमा शुरुआती दिनमै बढी जोडबलका साथ जनगणना गरिएका कारण प्रतिकुल मौसमको सामना गर्नु नपरेको निर्देशक लामिछानेले बताए ।
‘१५ मंसिरपछि माथिल्लो भेगमा अलि चुनौती नै हुन्छ,’ उनले भने, ‘सोही कारण सकेसम्म छिटो सम्पन्न गर्‍यौं ।’ उनका अनुसार अर्को चुनौती तराइको सीमावर्ती गाउँहरुमा हुने अनुमान गरिएको थियो । तर, त्यहाँ पनि पूर्वदेखि पश्चिमसम्म नै सहज रुपमा जनगणना भइरहेको उनले बताए ।
सबै समुदायले उत्साहपूर्वक जनगणनामा भाग लिएको र कतिपय अवस्थामा जनगणनामा मान्छे आउँछन् भनेर एक जनाले घर नै नछाडी बसेकोसम्म पाइएको अनुभव उनले बाँडे । देशभर खटिएका ४० गणकलाई सहजीकरण गर्न ८ हजारको हाराहारीमा सुपरीवेक्षकहरु खटाइएका छन् । कुनै स्थानमा समस्या पर्दा उनीहरुमार्फत तत्काल सहजीकरण गरिएका कारण छिटपुटबाहेक कहीँकतै पनि अवरोधविना जनगणनाको काम भइरहेको विभागको भनाइ छ ।
एक जना गणकले देशभर दैनिक १२ वटा घरमा जनगणना सक्ने अनुमान गरिएको छ । १५ दिनको अवधिमा एक जना गणकले औसत १७५ परिवारको गणना गर्नेछन् । हिमाली र पहाडी भेगमा खटिने गणकले एक घरबाट अर्को घर पुग्न लामो समय लाग्ने भएकाले थोरै घरमा मात्र गणना गर्न सम्भव हुनेछ । तराइ र शहरी भेगमा भने थोरै समयमा धेरै घरको गणना गर्न सम्भव हुनेछ । सोही कारण १५ दिनमा एक गणक बराबर १७५ घर राखिएको छ ।
छिटपुटबाहेक निर्विवाद
यसपटक केही जातीय समुदायले भने संस्थाले तोकेकै बमोजिमको उत्तर दिनुपर्छ भनेर सार्वजनिक रुपमा अभियान चलाएका थिए । यसलाई तथ्यांक विभागले गलत भनेको थियो ।
विभागले ३० कात्तिकमा एक विज्ञप्ति निकाल्दै जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइनु गलत भएको बताएको थियो । विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आह्वान गरेको थियो ।
बागलुङमा एक अल्पसंख्यक समुदायले जनगणना नटिपाउने भनी लिएको अडान समेत गुनासो केन्द्रमा पुर्‍याउने सहमति भएपछि अहिले अवस्था सामान्य भएको छ ।  यसबाहेक अन्य विवाद भने यस पटक सामना गर्नु नपरेको निर्देशक लामिछानेले जानकारी दिए । ‘सबैजनाले एक उत्सव र पर्वका रुपमा लिइदिनुभएको छ,’ उनले भने, ‘यस्तो माहोलमा हुने जनगणनाले सही तथ्यांक प्राप्त गर्न सहयोग पुग्छ ।’
साभार : OnlineKhabar
Share:

Total Pageviews

फेसबुकमा:

मिति परिवर्तन:


सम्पर्क फारम :